सामाजिक सन्जालमा उठेका प्रश्न प्रति मुख्यमन्त्रीको ध्यानाकर्षण
लुम्बिनी प्रदेशका माननीय मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले सामाजिक सन्जालमा आयका गलत प्रचारबाजी प्रति गम्भिर ध्यानाकर्षण भएको बताउनु भएको छ ।
मुख्यमन्त्रीको सचिवालयमा रहने गरि भएको व्यवस्थाको विषमा सामाजिक सञ्चालमा उठेका प्रश्नहरुमा मेरो गम्भीर ध्यानाकर्षण छ उहाँले भन्नुभयो ।
प्रदेश स्थापना देखिकै व्यवस्था भए अनुसार अहिले पनि मुख्यमन्त्री सचिवालयको व्यवस्था हुदै आएको छ ।
मुख्यमन्त्रीको राजनीतिक सल्लाहकार सहितको सचिवालय समूह रहेको सत्य हो । त्यसमा १ जना जनसम्पर्क सल्लाहकार १ जना वित्त सल्लाहकार र ३ जना विज्ञको टिम पनि रहेको छ ।
यद्यपी आफु प्रदेशको नेतृत्वमा आइसके पछि राजनीतिक सल्लाहकार र विज्ञहरुको सुविधाका विषयमा कुनै पनि नयाँ र थप व्ययभार हुने गरि निर्णय नभएको मुख्यमन्त्री चौधरीले बताउनुभयो ।
उहाँले पूर्ववर्ती सरकारले जुन प्रकारको संरचना निर्माण गरेको थियो अहिले पनि त्यहि भएको बताउनु भयो ।
मुख्यमन्त्री चौधरीले विषयगत विज्ञको ठाउँमा आबश्कता अनुसार विज्ञ लिने गरि विषयगत विज्ञ हटाएर सेवा सुविधाको अनुसुचीमा विज्ञहरुको सख्यात्मक एकिकरण मात्रै गरिएको र यसमा स्पष्ट हुन सबैमा अनुरोध समेत गर्नुभएको छ ।
उहाँले यर्थाथमा रहेर आलोचनात्मक टिप्पनी गर्न आग्रह गर्नुभयो ।
