२०८३ कार्तिक ११ गते मङ्गलवार | 2026 October 27th Tuesday

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक साउन १० गतेसम्मका लागि स्थगित

काठमाण्डौ, ८ साउन । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक साउन १० गतेसम्मका लागि स्थगित भएको छ।

आजको केन्द्रीय समिति बैठकमा सभापति शेरबहादुर देउवाले साउन १० गते बेलुकी ४ बजे केन्द्रीय समिति बैठक बस्ने जानकारी गराएका हुन्।

‘साउन १० गते बेलुकी ४ बजे अब केन्द्रीय समिति बैठक बस्छ,’ उनले भने, ‘त्यहाँ त मैले बोल्नैपर्ला।’

सोमबार केन्द्रीय समितिमा उपसभापतिहरू र महामन्त्रीहरूले धारणा राखेका थिए।

प्रकाशित मिति : २०८० साउन ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस