२०८३ भाद्र २६ गते शुक्रवार | 2026 September 11th Friday

नेपाली कांग्रेस दाङ-क्यालिफोर्निया जनसम्पर्क समितिको गठन

​क्यालिफोर्निया, अमेरिका ।

नेपाली कांग्रेस दाङ-क्यालिफोर्निया जनसम्पर्क समिति गठन गरिएको छ । नेपाली कांग्रेस, क्यालिफोर्निया प्रदेश अन्तर्गतको दाङ-क्यालिफोर्निया जनसम्पर्क समितिको अध्यक्षमा डिल्ली राज रेग्मी चयन भएका छन  ।

​अमेरिकाको क्यालिफोर्निया राज्यस्थित सान फ्रान्सिस्को सहरमा बेग बहादुर हमाल (सुरेश) को सभापतित्व तथा नेपाली कांग्रेस दाङ जिल्ला सभापति शंकर प्रसाद डाँगीको प्रमुख आतिथ्यमा भएको भेलाले  १८ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा गठन गरेको हो।

रेग्मीको अध्यक्षतामा गठित समितिको उपाध्यक्ष: सुनिल अधिकारी,महासचिव: रबिन भण्डारी, कोषाध्यक्ष: देव बहादुर वली, सह-सचिव: धुर्व विश्वकर्मा, सह-कोषाध्यक्ष: खुम बहादुर खड्का, सदस्यहरू: गिरिराज बुढाथोकी, दुर्गा घर्ती, शंकर खड्का, जित बहादुर पुनार, कुशल राना, महेन्द्र केसी, सन्तोष गिरी, दीपक केसी रहेका छन ।

​समितिमा थप एक उपाध्यक्ष, र केही सदस्यहरू पछि थप गर्न गरिने  छ। समितिलाई आवश्यक सल्लाह र सुझाव दिनका लागि ५ सदस्यीय सल्लाहकार समिति समेत गठन गरिएको छ:बेग बहादुर हमाल (सुरेश), बल बहादुर केसी, युवराज कँडेल,.रुकप्रसाद पुलामी रहेका छन । 

बैठकले नवगठित समितिलाई नेपाली कांग्रेसको विधान र परिधिभित्र रही संगठन निर्माण तथा सुदृढीकरणमा लाग्न आह्वान गरेको छ।

प्रकाशित मिति : २०८३ साउन २२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस