नेपाल बहुसाँस्कृतिक, बहुधार्मिक समुदाय बसोबास गर्ने मुलुक हो : मुख्यमन्त्री चौधरी
नेपालगन्ज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरीले नेपाल बहुसाँस्कृतिक, बहुधार्मिक समुदाय बसोबास गर्ने मुलुक रहेको बताउनुभयको छ ।
मुख्यमन्त्री चौधरी मुस्लिम समुदायको महान पर्व ‘मोहमद डे’ को उत्सवमा नेपालगन्जमा सहभागी हुनुभएको थियो ।
उहाँ बिहीबार बिहान मुस्लिम समुदायले निकालेको र्यालीमा पनि सहभागी हुँनुभएको थियो ।
नेपालगंजको विपी चोकमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सबै धर्मलाई सम्मान गर्नुपर्ने बताउनुभयो ।
‘मोहम्मद डे पवलाई मुस्लिम समुदायले मात्र नभएर सबै नेपालीले गर्व गर्नुपर्छ, लुम्बिनी प्रदेश सरकारको तर्फबाट शुभकामना दिन म यहाँ आएको हुँ,’ उहाँले भन्नुभयो ।
मुख्यमन्त्री चौधरीले नेपालगन्जको धार्मिक तथा सामाजिक सद्भाव देशमै गर्व गर्न लायक भएको बताउनुभयो ।
आगामी दिनमा पनि धार्मिक तथा सामाजिक सद्भाव कायम राखेर अगाडी बढ्नुपर्ने मुख्यमन्त्री चौधरीको भनाइ थियो ।