रिफर केन्द्र बन्दै राप्ति प्रादेशिक अस्पताल
दाङ, १५ माघ ।
जटिल देखि सामान्य बिरामी सबैलाई रिफर गरेर रिफर केन्द्रको रुपमा चिनीन थालेको एउटा अस्पताल हो राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ।
यस अस्पतालमा सामान्य रुघाखोकी देखि जटिल खालका धेरै जसो बिरामीलाई रिफर गरेर नेपालगंज तथा घोराही पठाउने गरिन्छ । यस्तै सामान्य गर्भवति महिलालाई पनी रिफर गरेर नेपालगंज पठाउने गरेको पाईएको छ ।
नियमित गर्भवति चेकजाच गराई रहेकी रेखा घलेलाई पनी यस्तै अवस्था भोग्नु परेको छ । राप्ति प्रादेशिक अस्पतालमा नियमित जाच गराउन गएकी उनलाई मंसीर २२ गते अस्पतालले अन्तिम फलपको लागी बोलायको थियो । २२ गते उनि अस्पताल पुगिन ।
अस्पतालमा डाक्टरले रगत चेक गराउन भनेपछि उनी १ घण्टा लाईनमा बसेर विल काटिन र रगत जाच गर्न दिईन । रगतको रिपोर्ट १ घण्टा पछि आउछ भनेपछि उनि त्यहि कुर्सीमा बसिन । उनको अनुहारमा कौतुहलता देखिन्थ्यो रगतको रिपोर्ट कस्तो आउछ भनेर होला सायद ।
एक घण्टा पछि उनी रिपोर्ट लिन लाईनमा बसिन र रिपोर्ट बुझिन । शुक्रबारको दिन परेकोले हतार हतार रिपोर्ट देखाउन डाक्टर कहा पुगिन । डाक्टरलाई रिपोर्ट बुझाउन करिव तिस मिनेट लाईनमा बसेपछि उनको पालो आयो ।
रिपोर्ट डाक्टरले हेर्ने बितिकै तपाईको प्लेट लेस कम छ यहा डेलिभरी हुन सक्दैन भन्दै नेपालगंज जान आग्रह गरे । उनले मलाई अस्पताल बोलाईन । म अस्पताल पुगे र डाक्टर संग सल्लाह लिय डाक्टरले यहा सकिदैन भनेपछि दुबै जना आत्तियौ ।
अत्तालिदै मैले साथीलाई फोन गरे साथिले त्यहि रहेका अर्का डाक्टर विनोद सिंङ संग परामर्स गर्न भने । मैले अस्पताल प्रसासनमा चिनेकाेले दुबै जना उतै लाग्यौ ।
प्रसासनमा पुग्दा प्रशासन प्रमुख त्यहि थिय । उनलाई भेटेर सबै कुरा बताए । उनले मेरो कुरालाई खासै मतलव नदियजस्तो लाग्यो । फेरी कुरा दोहोर्याउदै उनलाई पुन सबै कुरा भने । त्यहि पनि केहि जवाफ पायनौ ।
अनी मैले डाक्टर विनोद सिङको फोन नम्बर मागे । उनले फुर्सद नभयको झै गरि अफिसको अडित हुदैछ म बिजी छु भने । फोन नम्बर पनि उपलब्ध गरायनन् । त्यति बेला चिनेजानेकोले अप्ठेरो पर्दा देखाउने व्यवहारले उसको हैसीयत देखाउदो रहेछ । मनमा लाग्यो ।
साथिभाई चिन्ने त अफ्ठेरो समयमा रहेछ । त्यस पछि अस्पताल बाटै एक जना दाईलाइ फोन गरे । दाईले डाक्टर बिनोदको नम्बर पठाईदिनुभयो । मैले डाक्टर बिनोदलाई फोन गरे । फोन पनि उठ्यो ।
डाक्टर बिनोदले अपरेसनमा भएकोले तिस मिनेट पछि आउन भन्नुभयो र म त्यहि समयमा अस्पतालमा पुगे । डाक्टरसग भेटभयो । सर मेरो श्रीमतिको पिलेट लेस ७५ हजार छ डाक्टरले नेपालगंज लाने भन्नुभयो कस्तो छ अवस्था भनेर सोधे ।
डाक्टर बिनोदले यता डेलिभरी गर्न नसकिने नेपालगंज लानु भन्नुभयो । त्यसपछि म घरमा आयर नेपालगंज जाने तयारी गर्न थाले । बुवाले अरु डाक्टरलाई पनि बुझ न भन्नुभयो । त्यतिवेला बेलुकीको छ बजेको थियो ।
म फेरी मोटर साईकल हुईकाय र ईमास्नुयल पोलीक्लिनिकमा डाक्टर सृजना हमाललाई भेट्न पुगे । डाक्टर सृजनाले राप्ति प्रादेशिकको रिपोर्ट हेर्नुभयो । पिलेटलेस कम नै छ राप्ति प्रादेशिक अस्पतालले सक्दैन भने नेपालगंज जानु भन्ने सल्लाह दिनुभयो ।
सबैले चाडै नेपालगंज जान सल्लाह दियपछि जाने निधो गराईयो । फेरी यक पटक अस्पतालको सुपरिन्टेण्डेन डाक्टर पद्मराज अधिकारीसंग सल्लाहलिन मन लाग्यो । हरी पुन सरसंग नम्बर मागे र फोन गरे ।
डाक्टर पद्मराज बुटवल काम विशेसले गएको बताउनुभयो। फोनमै भयपनी सबैकुराको सल्लाह लिय । उहाले पनी जाने सल्लाह नै दिनुभयो । सबैले चाडै जान सल्लाह दियपछि म अतालिदै २३ गते नै नेपालगंज हिडे ।
२४ गते आईतवार भेरी अस्पतालमा पुगे । भेरी अस्पतालको फोकल पर्सन मेरो साथी नरेस श्रेष्ठसग भेट भयो । नरेश सरको सहयोग यति धेरै भयो की मलाई अस्पतालमा कुनै कठिनाई भयन । उहाकै सल्लाहमा भेरी अस्पतालमा डाक्टर उर्मिला पराजुलीलाई भेटिम ।
दाङबाट लियर गएको अस्पतालको सबै रिपोर्ट देखायौ । डाक्टर उर्मिलाले आतिनु पर्दैन । ७५ हजार भनेको ठिकै हो आतिनु पर्ने अवस्था छैन डाक्टर उर्मीलाले भन्नुभयो । उहाले नर्मल भय राम्रो अपरेसन गरेपनी ७५ हजारमा पिलेटलेस चढाउन पर्दैन भन्नुभयो ।
अनि थाहाभयो तुलसीपुरको राप्ति प्रादेशिक अस्पताल रिफर केन्द्र रहेछ । यसरी नै हाम्रो बसाई पुस ११ गते सम्म नेपालगंजमा भयो । मंसिर २३ गते नेपालगंज प्रबेश गरेका हामी पुस ११ गते दाङ फर्कियौ । पुस १० गते छोरीको जन्म नर्मल भयो । अपरेसन गर्नुपरेन ।
पिलेटलेस चाहियन । रगत चाहियन । नेपालगंज भेरी अस्पतालका डाक्टरले केहि आत्तिनु पर्ने अवस्था छैन सबै सामान्य छ भन्नु र राप्ति प्रादेशिकका डाक्टरले बिरामीलाई तुरुन्त नेपालगंज लानु औषधि चढाउनुपर्छ भन्नुमा कति फरक छ ।
राप्ति प्रादेशिक अस्पतालमा के योग्य डाक्टरको अभाव भएकै हो त ? तुलसीपुर राप्ति प्रादेशिक अस्पतालमा सजिलै हुने डेलिभरी डाक्टरले रिफर गर्दा हामी जस्ता कैयौ बिरामी आर्थिक मारमा पर्ने गरेका छन् ।
राप्ति प्रादेशिकमा सजिलै हुने उपचार पनि नगर्ने डाक्टर र त्यहा रहेका प्रसासनिक कर्मचारी नसुद्रिय सम्म राप्ति प्रादेशिक अस्पताल सधैको रिफर केन्द्र भैरहनेछ । यसमा सबै सरोकारवालाले ध्यान पुर्याउन जरुरी छ ।
अस्पतालमा आउने विरामीलाई उपचार गर्न नखोज्ने र रिफर गर्ने डाक्टर , उपचारको लागी प्राईभेट अस्पताल पठाउने डाक्टरहरुले गर्दा राप्ति प्रादेशिक अस्पताल रिफर केन्द्र बन्दै गएको छ ।