राप्ती स्वस्थ्य विज्ञान प्रतिष्ठान घोराहीको निःशुल्क दन्त शिविर संचालन
घोराही, २८ मंसिर ।
राप्ती स्वस्थ्य विज्ञान प्रतिष्ठान घोराहीले निःशुल्क दन्त शिविर संचालन गरेको छ । वाल शिक्ष सदन भरतपुरमा अध्ययनरत विद्यार्थी तथा अभिभावकहरुको निःशुल्क दन्त परिक्षण गरिएको हो । उक्त अवसरमा दाँत एवं पोषण सम्वन्धी प्रशिक्षण दिइएको थियो ।
वाल शिक्षा सदनका अध्यक्ष लिलाधर शर्मा पन्थीको अध्यक्षता तथा घोराही उपमहानगरपलिकाका वेस संस्था पोषण मार्फत जीवन रुपान्तरण परियोजना प्रमुख संगिता सुवेदीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रतिष्ठानका डा.आष्मा ओझा र डा.सुभेक्षा पाण्डेले दन्त परिक्षण तथा शिक्षा प्रदान गर्नुभएको थियो ।
यस्तौ डाईटिसीयन रोसीना वन्जाडे र संगिता सुवेदीले पोषण अवस्थाको जाच तथा प्रशिक्षण दिनुभएको थियो ।
शिविरमा घोराही १५ का स्वास्थ्यकर्मी अनिता बुढा, कोमल भण्डारी र अर्जुन चौधरी समेतको उपस्थीतीरहेको थियो भने शिविरमा संस्थाका शिक्षक विद्यार्थी तथा अभिभावहरु गरी १ सय भन्दा वढिको उपस्थीती रहेको थियो भने सो अवसरमा ६५ जना विद्यार्थी तथा अभिभावकहरुले दन्त परिक्षण सेवा लिएका थिए ।।