२०८३ जेष्ठ २१ गते बिहिवार | 2026 June 4th Thursday

शिखर सम्मेलनका विषयमा मुख्यमन्त्री चौधरी र प्रधानमन्त्रीबिच छलफल

दाङ, ९ फागुन ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बीच शिष्टाचार भेटवार्ता भएको छ ।

काठमाडौमा भएको भेटवार्तामा प्रधानमन्त्रीले प्रदेश सभामा सम्बोधन गर्ने र लुम्बिनीमा हुन लागेको शिखर सम्मेलनको विषयमा छलफल भएको थियो ।

‘सम्मानीय प्रधानमन्त्री ज्युसंग लुम्बिनीमा फागुन २८ र २९ गते हुन लागेको शिखर सम्मेलनको विषयमा छलफल भयो, मुख्यमन्त्री चौधरीले भने,’ सम्मेलनको बिषयमा प्रदेश सरकारले गरेको अहिलेसम्मको तयारी तथा अबस्थाको बारेमा जाननकारी गराएको छु ।

सो अबसरमा प्रधानमन्त्री लुम्बिनीको स्थानी राजधानी क्षेत्रमा आउने विषयमा समेत छल्फल भएको छ । ‘ सम्मानीय प्रधानमन्त्रीज्युले लुम्बिनी प्रदेशको सदनमा बिशेष सम्बोधनको कुरा भएको छ, मुख्यमन्त्री चौधरीले भने-‘ प्रधानमन्त्री ज्युले फागुन १९ गते लुम्बिनी सदनलाई विशेष सम्बोधन गर्दै हुनुहुन्छ ।‘

प्रदेश सरकार र सदनको आग्रमा प्रधानमन्त्री १९ गते सदनलाई सम्बोधन गर्न आउन लागेका छन् । लुम्बिनीमा फागुन १८ गते देखि हिउदे अधिबेशन सुरु हुँदै छ ।

प्रकाशित मिति : २०८० फाल्गुन ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस