स्वर्गीय खड्काको शालिक अनावरण देउवाले गर्ने
नेपाली काँग्रेसका पुर्व महामन्त्री, क्रान्ति नायक स्वर्गीय खुमबहादुर खड्काको शालिक अनावरण गरिने भएको छ ।
नेपाली काँग्रेसका सभापती एवम पुर्व प्रधान मन्त्री शेरबहादुर देउवाले शालिकको अनावरण गर्ने भएका छन् ।
यही चैत १६ गते विहान ११ वजे शालिक निर्माण गरिएको स्थलमा एक कार्यक्रमको आयोजना गरि अनावरण गरिने नेपाली काँग्रेस दाङका सचिव अर्जुन योगीले जानकारी दिए ।
स्वर्गीय खड्काको शालिक लमही नगरपालिका वडा नं ९ अमेलीयामा निर्माण गरिएको छ ।
नेपाली काग्रेस दाङको नेतृत्व तथा नेपाली काग्रेस क्षेत्र नं १ को सयोजनमा शालिक निर्माण गरिएको दाङ कांग्रेसले जनाएको छ ।
शालिक अनावरण कार्यक्रममा सहभागी हुनका लागि सम्पूर्ण नेपाली काँग्रेसका नेता कार्यकर्ता, भातृ तथा शुभेच्छुक संघ संस्था लगायत सम्पूर्णलाई नेपाली काँग्रेस दाङले अनुरोध गरेको छ ।
प्रकाशित मिति : २०८० चैत्र १४ गते बुधवार
