२०८३ जेष्ठ २१ गते बिहिवार | 2026 June 4th Thursday

डा.शशांक कोइराला लमही आउदै

दाङ – नेपाली काङ्ग्रेसका निवर्तमान महामन्त्री, केन्द्रीय सदस्य तथा महामानव विपि पुत्र डा.शशांक कोइराला दाङ आउन लाग्नु भएको छ ।

नेपाली काङ्ग्रेस दाङ -१ को चैत्र २४ गते शनिबार हुन लागेको दोस्रो क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्न डा.कोइराला लमही आउन लागेको नेपाली काङ्ग्रेस दाङ -१ का क्षेत्रीय सभापति भेषराज पाण्डेले जानकारी दिनु भयो ।

साथै भोलि हुने कार्यक्रमको सबै तयारि पुरा भएको उहाँले बताउनु भयो ।

कार्यक्रमलाई सफल बनाउनका लागि पार्टीका कार्यकर्ता, शुभेच्छुक संघ/संस्था,भातृ संघ/संगठनलाई आ-आफ्नो तहबाट लाग्न पार्टी सभापति पाण्डेले आग्रह गर्नु भएको छ।

कार्यक्रम बिहान ११ बजे लमही नगरपालिकाको सभा हलमा हुने भएको छ ।

प्रकाशित मिति : २०८० चैत्र २३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस