२०८३ बैशाख ७ गते सोमवार | 2026 April 20th Monday

शिक्षा क्षेत्रको विभेद अन्त्य गर्नुपर्छ : नगरप्रमुख खड्का


दाङ । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले शिक्षा क्षेत्रमा देखिएको विभेद अन्त्य गर्नुपर्ने बताउनुभएको छ ।

शिक्षा शाखाले गरेको कक्षा अनुगमनको समिक्षा कार्यक्रममलाई सम्बोधन गर्दै प्रमुख खड्काले शिक्षामा सामूदायिक र संस्थागतका नाममा हुने विभेदले समस्या सिर्जना गरेको बताउनुभयो ।

‘सामुदायिक र संस्थागतकानाममा जसरी शिक्षाको प्रचार गरिएको छ । यसले विभेद निम्त्याउँछ ।’ उहाँले भन्नुभयो‘सबै प्रकारका विद्यालय समान हुन भन्ने सन्देश गाउँगाउँमा पु¥याउनुपर्छ ।’

सामुदायिक विद्यालयले दिने शिक्षा संस्थागत भन्दाकमजोर नहुने भन्दै त्यसकालागि शिक्षकले इमान्दारीता देखाउनुपर्ने बताउनुभयो ।

शिक्षकले जागिरे मानसकिता त्यागेर इमान्दारीतापूर्वक पढाएमा संस्थागत विद्यालय भन्दाराम्रो नतिजा दिनसक्ने बताउनुभयो ।

उहाँले विद्यार्थीमा पठन संस्कृतीको विकास गराउनुमा शिक्षकको दायित्व प्रमुख भएको भन्दै आधुनिक शैलीमा पठनपाठन गर्न शिक्षकहरुलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा सामजिक विकास समितीका संयोजक मानबहादुर रावतले शिक्षक समाजको तेस्रो आँखा भएको बताउँदै इमान्दारीका साथ आफ्नो दायित्व पुरा गर्न आग्रह गर्नुभयो ।

शिक्षा शाखा प्रमुख चक्र भण्डारीले जिम्मेवारीपुरा गर्न नसक्ने शिक्षकलाई दण्डीत गरिने बताउनुभयो ।

प्रकाशित मिति : २०८१ असार २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस