२०८३ जेष्ठ २१ गते बिहिवार | 2026 June 4th Thursday

मन्त्री न्यौपानेलाई गृह जिल्लामा स्वागत

दाङ, ९ साउन ।
लुम्बिनी प्रदेशका विना विभागीय मन्त्री प्रचण्ड बिक्रम न्यौपाने (गुन्टु) लाई गृह जिल्ला दाङमा स्वागत तथा सम्मान गरिएको छ ।

बुधबार गृह जिल्ला दाङमा आएका मन्त्री न्यौपानेलाई नेपाली काङ्ग्रेस दाङ क्षेत्र नम्बर २ ले स्वागत तथा सम्मान गरेको हो ।

कार्यक्रममा बोल्दै मन्त्री न्यौपानेले सम्पूर्ण मतदाता तथा पार्टी पङ्क्तिका नेताहरुप्रति आभार प्रकट गरेका थिए ।

‘निर्वाचनमा मतदान गर्ने सम्पूर्ण मतदाता तथा पार्टी पङ्क्तिका सम्पूर्ण नेतागणप्रति आभार प्रकट गर्दछु ।

समग्र दाङको विकास तथा लुम्बिनी प्रदेशको विकासमा निरन्तर रुपमा लाग्ने छु । निर्वाचनका बेला अभिव्यक्त गरेका विचारलाई अत्यन्त ताजा रुपमा सम्झेको छु ।

आफ्नो कार्यकालमा विकासका कामलाई सके जति तीव्र गतिमा अगाडि बढाउने प्रयत्न गर्ने छु । यसका लागि सम्पूण मतदाता तथा पाटीृका नेताहरुको साथ सहयोगको अपेक्षा गर्दछु ।’ मन्त्री न्यौपानेले बताए ।

काङ्ग्रेस दाङ क्षेत्र नम्बर २ का सभापति भीमप्रकाश खड्काको सभापतित्व सम्पन्न कार्यक्रममा बोल्नै वक्ताहरुले मन्त्री न्यौपानेले शुभकामना तथा बधाई ज्ञापन गरेका थिए ।

कार्यक्रमकाे सहजीकरण सचिव आरके शीतलले गरेका थिए ।

मन्त्री न्यौपानेले जिल्लाको घोराहीस्थित बिपी चोकमा अवस्थित विपीको सालिकमा माल्यार्पण गरेका थिए ।

प्रकाशित मिति : २०८१ साउन ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस