कांग्रेस लुम्बिनी प्रदेशसभाका प्रमुख सचेतक तिमिल्सिनाद्वारा राजिनामा
नेपाली कांग्रेस लुम्बिनी प्रदेशसभाका प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले पदबाट राजीनामा दिएका छन ।
तिमिल्सिनाले लुम्बिनी प्रदेशका कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीसमक्ष साउन २१ गते राजीनामा बुझाएका हुन ।
चौधरीले तिमिल्सिनालाई २०७९ फागुन १३ गते प्रमुख सचेतकमा नियुक्त गरेका थिए । पार्टीभित्रको असन्तुष्टिपछि उनले राजीनामा दिएको बताइएको छ।
तिमिल्सिनाले भने पार्टीभित्रको असन्तुष्टि नभई आफ्नै व्यक्तिगत व्यस्तताले प्रमुख सचेतकबाट राजीनामा दिएको बताए ।
राजीनामा दिएसँगै उनले आफूले प्रयोग गर्दै आएको लु १ झ १३०५ नम्बरको गाडी प्रदेशसभालाई फिर्ता गरेका छन ।
प्रकाशित मिति : २०८१ साउन २४ गते बिहिवार
