प्याब्सन दाङको पद हस्तान्तरण कार्यक्रम सम्पन्न
दाङ, ९ पौष ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) दाङ शाखाको १६ अधिवेशनबाट गठित नयाँ कार्यसमितिलाई पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
सोमबार एक कार्यक्रमको आयोजना गरी प्याब्सन दाङले पद हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको हो।
प्याब्सन दाङका अध्यक्ष मधुसुदन केसीको अध्यक्षता तथा प्याब्सन केन्द्रीयय कार्यसमितिका सचिव यादव गिरीको प्रमुख आतिथ्यमा पद हस्तानतरण कार्यक्रम भएको हो ।
कार्यक्रममा प्याब्सन केन्द्रीय कार्यसमितिका निवर्तमान सदस्य केशव थापा, पूर्व केन्द्रीय सदस्य विनयकुमार मिश्र, निर्वाचन समितिका सदस्य महेन्द्र अधिकारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
अध्यक्ष केसीले नवनिर्वाचित अध्यक्ष निर्मल न्यौपाने र सचिव आदिम केसीलाई मान्युट हस्तान्तरण गरेका थिए ।
पद हस्तान्तरणपछि निवर्तमान अध्यक्ष केसीले मन्तव्य राख्दै प्याब्सनलाई सुदृढीकरण गर्दै लैजानुपर्नेमा जोड दिएका थिए । नव निर्वाचित अध्यक्ष न्यौपाले पइाब्सनले गर्दै आएका र गर्नुपर्ने कामका बारेमा चर्चा गरेका थिए ।
कार्यक्रमको सहजीकरण निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत तथा अधिवक्ता डा. सुदीप गौतमले गरेका थिए ।