मेधावी छात्रा प्रतियोगिता सम्पन्न
दाङ, १३ पौष ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) दाङको आयोजनामा मेधावी छात्रा प्रतियोगिता २०८१ सम्पन्न भएको छ ।
शनिबार जिल्लाको घोराहीस्थित दीपशिखा आवासीय माविमा प्रतियोगिता सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्याब्सनका केन्द्रीय सचिव यादव गिरीले विगत १९ वर्षदेखि सञ्चालन हुँदै आएको मेधावी छात्रा प्रतियोगिता प्याब्सन दाङको गौरवको कार्यक्रम रहेको बताए ।
विगत १९ वर्षदेखि सञ्चालन हुँदै आएको मेधावी छात्रा प्रतियोगिता प्याब्सन दाङको गौरव कार्यक्रम हो । यो कार्यक्रमले प्याब्सन दाङमा आवद्ध विद्याहरूका विद्यार्थीहरूमा निखारता ल्याउनुका साथै आत्मविश्वास बढाउन टेवा पुर्याएको छ ।प्रमुख अतिथि गिरीले बताए ।
कार्यक्रमका विशिष्ट अतिथि प्याब्सन केन्द्रीय कार्यसमितिका निवर्तमान सल्लाहकार नारायण प्रसाद अधिकारीले मेधावी छात्रा प्रतियोगिताले विद्यार्थीलाई स्वमूल्याङ्कनमा सहयोग पुर्याएको छ ।
प्रमुख विषयका प्रश्नहरू समेटिने प्रश्नपत्रको मोडालिटीले एसइई परीक्षामा सहभागी हुने विद्यार्थीलाई मद्दत पुर्याएको छ । यस्ता गौरवका कार्यक्रमलाई निरन्तरता दिन आवश्यक छ ।झ अधिकारीले बताए ।
प्रतियोगितामा ४५ विद्यालयमा १३० जना छात्रा सहभागी रहेका थिए ।
कार्यक्रममा एपेक्स कम्प्युटर्सका डाइरेक्टर धर्मबहादुर के।सी, १८ ओैँ मेधावी छात्रा ओना बुढाथोकी लगायतलाई शुभकामना मन्तव्य राखेका थिए ।
प्याब्सन दाङका अध्यक्ष निर्मल न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा बरिस्ठ उपाध्यक्ष बिरेन्द्र चन्दले गरेका थिए भने कार्यक्रमको सहजीकरण सचिव आदिम के।सीले गरेका थिए ।