साधारण सभा तथा निर्वाचनका कारण एन्फा केन्द्रीय कार्यालय बन्द हुने
काठमाडौ, १० चैत ।
अखिल नेपाल फुटबल संघ (एन्फा)को केन्द्रीय कार्यालय बन्द गरिएको छ। चैत १३ गते झापा जिल्लामा हुने साधारण सभा तथा निर्वाचनका कारण कार्यालय बन्द गरिएको हो।
एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ र महासचिव किरण राईले जारी गरेको सूचनामा कार्यालय कहिले खुल्ने भन्ने उल्लेख गरिएको छैन।
सूचना अनुसार चैत १० गतेदेखि सातदोबाटो, ललितपुरस्थित केन्द्रीय कार्यालय सचिवालय बन्द रहने जनाइएको छ।
प्रकाशित मिति : २०८२ चैत्र १० गते मङ्गलवार
