२०८३ भाद्र २८ गते आइतवार | 2026 September 13th Sunday

तमु ल्होसार पर्वले मौलिक संस्कृति संरक्षणमा महत्त्वपूर्ण योगदान : मुख्यमन्त्री आचार्य

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले तमु ल्होसार पर्वले आपसी भाइचारा, सद्भाव र संस्कृति संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्‍याएको बताएका छन् । गुरुङ समुदायको महान् पर्व तमु ल्होसारको अवसरमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले मौलिक परम्परा, संस्कृति र पहिचानको संरक्षण तथा संवर्द्धन गर्दै पर्यटन प्रवर्द्धन मार्फत आर्थिक, सामाजिक रूपमा समृद्ध प्रदेश निर्माण गर्न सकिने बताएका हुन् ।

उनले लुम्बिनी प्रदेश भूगोलमा जस्तै मौलिक कला, संस्कृति, परम्पराहरूमा समेत विविधतायुक्त बताए। मुख्यमन्त्रीले जारी गरेको शुभकामना सन्देशमा बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त हाम्रो समाजमा मनाइने तमु ल्होसार जस्ता मौलिक पर्वहरूबाट सबै नेपालीबिच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि भई यसबाट आपसी एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास लिएको भन्ने उल्लेख गरिएको  छ ।

शुभकामना सन्देशमा भनिएsJ छ, ‘प्रदेश सरकारले अघि सारेको ‘समृद्ध लुम्बिनी, आत्मनिर्भर’ प्रदेश बनाउने लक्ष्य पुरा गर्न सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु ।’ विभिन्न कार्यक्रम गरेर गुरुङ समुदायले तमु ल्होसार पर्वलाई नयाँ वर्ष सुरु भएको अवसरको रूपमा हर्षोल्लासका साथ मनाउने गर्दछन् । 

प्रकाशित मिति : २०८१ पुष १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस