२०८३ बैशाख ७ गते सोमवार | 2026 April 20th Monday

हाजिरीजवाफ प्रतियोगितामा माउन्ट भ्यु प्रथम

दाङ, १५ पौष ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल ९प्याब्सन ० दाङको आयोजनामा जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

सोमबार जिल्लाको घोराहीस्थित मेचीकाली सेकेन्डरी स्कुलमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा माउन्ट भ्यु इङलिस बोर्डिङ स्कुलका सलिना पौडेल, रक्षा शर्मा र अनस न्यौपानेको समूह प्रथम, गुरूकुल एकेडेमीका अंशु खनाल, सोहन खनाल र आर्यान घर्तीको समूह द्वितीय, गोरखा मावि तुलसीपुरका प्रतीक्षा पुरी, शिशिर सुनार र विकास बस्नेतको समूह तृतीय र अमर इङलिस बोर्डिङ स्कुलका निशान दशौदी, आशुतोष खरेल र मौसकी रोका मगर सान्त्वना भएका छन् ।

प्याब्सन दाङका अध्यक्ष निर्मल न्यौपानेको अध्यक्षता तथा प्याब्सनका केन्द्रीय सचिव यादव गिरीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा प्याब्सन लुम्बिनी प्रदेश सल्लाहकार महेन्द्र अधिकारी , प्याब्सन दाङका प्रमुख सल्लाहकार मधुसुदन केसी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्याब्सन दाङका वरिष्ठ उपाध्यक्ष बिरेन्द्र चन्दको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सहजीकरण सचिव आदिम केसीले गरेका थिए भने हाजिरीजवाफको सहजीकरण राजेन्द्र चन्दले गरेका थिए ।

प्रकाशित मिति : २०८१ पुष १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस