२०८३ जेष्ठ २१ गते बिहिवार | 2026 June 4th Thursday

लुम्बिनी प्रदेशसभाको बैठक आजदेखि सुरु हुँदै

दाङ ।  लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदैछ । प्रदेशसभाको पाँचौँ अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरिइएको थियो  । आज दिउँसो २ बजेदेखि प्रदेशसभाको बैठक बस्ने प्रदेश प्रमुख दुर्लभकुमार पुनले जानकारी दिए । उनका अनुसार सभामुखले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रहरू पढेर सुनाउने र दलको तर्फबाट शुभकामना मन्तव्य राख्ने संभावित कार्यसूची छ । 

हिउँदे अधिवेशनले प्रदेश चलचित्र विधेयकको अवधारणापत्रमा सैद्धान्तिक सहमति प्रदान गर्ने जनाइएको छ  । चौथो अधिवेशन ३१ भदौमा अन्त्य भएको थियो ।

प्रकाशित मिति : २०८१ पुष १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस