२०८३ साउन १४ गते बिहिवार | 2026 July 30th Thursday

रवि लामिछाने जिल्ला अदालत रुपन्देहीमा उपस्थित हुँदै

काठमाडौं, ९ माघ । बुटवलको सुप्रिम सहकारीको रकम ठगी तथा संगठित अपराधमा मुद्धा दर्ता भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज जिल्ला अदालत रुपन्देहीमा उपस्थित हुँदै छन्।

सुप्रिम सहकारीको बचत रकम गैरकानुनी तवरबाट लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया नेटवर्कमा लगिएको भन्दै लामिछानेसहित २२ जनाविरुद्ध रुपन्देही जिल्ला अदालतमा आइतबार मुद्दा दर्ता भएको थियो।

सहकारीको सोही बचत रकम ठगि विरुद्ध अदालतमा अभियोगपत्र दर्ता भएपछि लामिछाने अदालतमा उपस्थित हुन लागेका हुन्।

प्रकाशित मिति : २०८१ माघ ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस