२०८३ जेष्ठ २१ गते बिहिवार | 2026 June 4th Thursday

सबै क्षेत्रको विकासमा काङ्ग्रेस भेटिन्छ : पूर्व मुख्यमन्त्री चौधरी

दाङ,१६ माघ ।
नेपाली कांग्रेस तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ इकाई समितिले सहिद दिवसको अवसरमा वडा सम्मेलन तथा जेष्ठ क्रियाशील सदस्यहरुलाई सम्मान कार्यक्रम गरेको छ।

वडा सभापति प्रताप खत्रीको अध्यक्षता तथा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री नेपाली कांग्रेस संसदीय दलका नेता डिल्ली बहादुर चौधरीको प्रमुख अतिथितामा एवं नेपाली कांग्रेस जिल्ला प्रतिनिधि केशव आचार्यको विशिष्ट आतिथ्यतामा कार्यक्रम गरिएको हो ।


सम्मेलनलाई सम्बोधन गर्दै पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले कांग्रेसले वडामा विकासको लहर ल्याएको र मुहार कांग्रेसकै कारण जिल्ला नगर र वडामा विकास तीव्र गतिमा भइरहेको बताए ।

पूर्व मुख्यमन्त्री चौधरीले त्यो विकासलाई पार्टीका कार्यकर्ताहरू र सदस्यहरूले जसलिन प्रचार गर्न सक्नुपर्ने समेत बताए ।

पूर्व मुख्यमन्त्री चौधरीले कांग्रेसको विकास स्थानीय टोल, सडक, तटबन्ध खानेपानी, मठमन्दिर भुयारथान, पुलपुलेसा सबैमा देखिने बताए ।

उनले सबै क्षेत्रका बिकासमा काङ्ग्रेस देखिने गरेको बताए।
उनले यो क्षेत्रको विकासका लागि आफू सधैँ कटिबद्ध भएर लागेको र त्यो विकासलाई निर्णयार्थ र सार्थक बनाउन सम्पूर्ण पार्टी सदस्यहरुको भूमिका अहम रहेको बताए ।

उनले वडाको विकासका लागि योजना बनाएर आउनुपर्ने र त्यो योजना अनुसार आफूले बजेट खोज्न तयार रहेको तर त्यो चासो र क्रियाशीलता भने पार्टी सदस्यहरूले लिनुपर्ने र दिनुपर्ने बताए ।

मैले विकासमा पहल गरेपनि त्यो विकास कांग्रेसको हो उन्ले भने व्यक्तिभन्दा पनि पार्टी ठूलो र पार्टीको एउटा प्रतिनिथिले गरेको विकासलाई पार्टी सदस्यहरुले अपनत्व लिन सक्नुपर्ने बताए ।

नेता केशव आचार्यले कांग्रेसका नेताहरुले गरेको विकासलाई पार्टीले संस्थागत गरेर प्रचारप्रसार र त्यसको अपनत्व लिने काममा केही कमी भएको भन्दै अब त्यो अभियानमा लाग्न र अपनत्व लिन आग्रह गरे।

पार्टी संगठन सुदृढीकरण सदस्यताको क्रियाशीलता र विकास नेपाली कांग्रेसको प्रमुख आधार भएकोले अहिले वडास्तर सम्म छलफल बहस सुरु गरेको बताए ।


झुपलाल ओलीको स्वागतबाट सुरु भएको कार्यक्रममा वडा स्तरीय नेताहरूले शुभकामना मन्तब्य राखेका थिए ।

कार्यक्रममा जेष्ठ क्रियाशील सदस्यहरूलाई सम्मान गरिएको थियो। कार्यक्रमको सञ्चालन वडा सचिव समनबाबु डाँगीले गरेका थिए ।

प्रकाशित मिति : २०८१ माघ १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस