राप्ती बबई क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि उम्मेद्वारी दर्ता
दाङ – तुलसीपुरको राप्ती बबई क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि सभापति पदमा चार जनाले उम्मेदवारी दिएका छन्। नेविसंघबाट प्रमोद भण्डारी, संयुक्त विद्यार्थी प्यानलबाट लेखमणी खत्री(लक्ष्मण), र स्वतन्त्र रूपमा कृष्ण केसी (डेभिड खत्री) तथा कोमलबहादुर वली (केबी) प्रतिस्पर्धामा छन्। यस्तै आवश्यक प्रमाणपत्र नपुगेका कारण निरज बस्यालको उम्मेदवारी खारेज गरिएको छ।
यसअघि को निर्वाचनमा मतगणनाका क्रममा विवाद हुँदा निर्वाचन स्थगित भएको थियो। यसपटक पनि आन्तरिक असहमति देखिएको छ। नेविसंघभित्र असन्तुष्टि देखिएको हो। टिकट नपाएपछि असन्तुष्ट लेखमणी खत्री(लक्ष्मण)ले विभिन्न विद्यार्थी संगठनहरूसँग मिलेर संयुक्त प्यानल बनाएर उम्मेदवारी दिएका छन्।
आगामी चैत ५ गते हुने निर्वाचनमा विद्यार्थीहरूको व्यापक सहभागिता रहने अपेक्षा गरिएको छ। उम्मेदवारहरू आ–आफ्नो पक्षमा प्रचारप्रसारमा सक्रिय छन्।
हेर्नुहोस उम्मेदवार हरुको पूरा विवरण :

