राप्ती बबई क्याम्पस स्ववियु निर्वाचन अपडेट: ६०० मत गणना सकिँदा नेविसंघ अग्रस्थानमा
तुलसीपुर – राप्ती बबई क्याम्पस, तुलसीपुरमा जारी स्ववियु निर्वाचनको मतगणनामा नेविसंघका उम्मेदवारहरू अग्रस्थानमा रहेका छन्। हालसम्म ६०० मत गणना सकिएको छ। प्रारम्भिक नतिजाअनुसार अध्यक्ष, सचिव, कोषाध्यक्ष तथा अधिकांश सदस्य पदमा नेविसंघका उम्मेदवार अगाडि देखिएका छन्।
अध्यक्ष पदतर्फ:
प्रमोद भण्डारी (नेविसंघ) – २८० मत
लेखमणि खत्री (लक्ष्मण) (गठबन्धन) – १६६ मत
कोमल बहादुर वलि (के.बी.) (स्वतन्त्र) – ७० मत
कृष्ण के.सी. (डेबिट) (स्वतन्त्र) – १६ मत
सचिव पदतर्फ:
टोप बहादुर वलि (नेविसंघ) – २४२ मत
सोनिया थापा (गठबन्धन) – २४० मत
अंकिता डाँगी (स्वतन्त्र) – २७ मत
कोषाध्यक्ष पदतर्फ:
शिक्षा नेपाली (नेविसंघ) – २४८ मत
तिलकराज डाँगी (गठबन्धन) – २१३ मत
आशिक मिया (स्वतन्त्र) – ४२ मत
सदस्य पदतर्फ:
नेविसंघबाट:
लक्ष्मण वली – ३२९ मत
ममता वली – ३०७ मत
मनिषा चौधरी – ३०१ मत
यमकुमारी भण्डारी – ३०१ मत
रूपेश चौधरी – २९५ मत
करूणा नेपाली – २९६ मत
सञ्जीव चौधरी – २७७ मत
गठबन्धनबाट:
तुलसीराम भण्डारी – २२४ मत
कवी सेन – २१७ मत
नेव बहादुर भण्डारी – २१५ मत
प्रेम के.सी. – २११ मत
अनिता खड्का – २०८ मत
दिलीप शर्मा – १६२ मत
हालसम्मको नतिजाअनुसार नेविसंघका उम्मेदवारहरू विभिन्न पदमा अग्रस्थानमा देखिएका छन्। मतगणना जारी छ, थप अपडेटका लागि हामीसँगै रहनुहोस्।