२०८३ भाद्र २८ गते आइतवार | 2026 September 13th Sunday

समयमै क्रियाशील सदस्यता वितरणमा जिम्मेवारी पूरा गर्दा सहजै महाधिवेशन सम्पन्न गर्न सकिने महामन्त्री गगनकुमार थापाको भनाई

काठमाडौँ —नेपाली कांग्रेसको क्रियाशील सदस्यता वितरणमा हरेकले आफ्नो जिम्मेवारी पूरा गर्दा समयमै सहजै महाधिवेशन सम्पन्न गर्न सकिने महामन्त्री गगनकुमार थापाले बताएका छन्। पार्टीको महाधिवेशनका विषयमा नेताहरूले फरक-फरक धारणा राख्दै आएका छन्।

विगतमा महाधिवेशनका लागि सबैभन्दा ठूलो अड्चन क्रियाशील सदस्यतालाई बनाउने गरिएको छ। १४औँ महाधिवेशनताका करिब एक वर्ष सदस्यता छानविनका कारण महाधिवेशन हुन सकेको थिएन। महामन्त्री थापाले यसपटक सदस्यता वितरणलाई पारदर्शी बनाइने र विवाद नहुने दाबी गर्दै आएका छन्।

सानेपास्थित केन्द्रीय कार्यालयमा मंगलवार बसेको क्रियाशील सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकमा सदस्यता वितरणका विषयहरूमा गहन विमर्श र छलफल भएको महामन्त्री थापाले बताए । महामन्त्री थापा संयोजकत्वको उक्त समितिमा केन्द्रीय सदस्यद्वय सीता गुरुङ र प्रकाश रसाइली सदस्य छन्।

प्रकाशित मिति : २०८१ चैत्र ५ गते बुधवार
प्रतिक्रिया दिनुहोस