२०८३ साउन १३ गते बुधवार | 2026 July 29th Wednesday

प्रकाशमान सिंहको निवासमा कांग्रेस संस्थापन पक्षका ७ नेताहरूको भेला

काठमाण्डौ । उपप्रधानमन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा नेपाली कांग्रेस संस्थापन पक्षका ७ नेताहरू भेला भएका छन्।

कांग्रेस – एमाले गठबन्धनमा खटपट भइरहेको चर्चाका बीच कांग्रेस नेताहरू मन्त्री सिंह निवासमा भेला भएका हुन्। बैठकले गठबन्धनको भावना अनुसार सरकारले जनताको पक्षमा काम गर्नुपर्ने निष्कर्ष निकालेको नेता कृष्णप्रसाद सिटौलाले बताए।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता सिटौलाले भने, ‘हाम्रो मान्यता के छ भने सरकारले प्रभावकारी ढङ्गले जनताको हितमा काम गर्न सक्नुपर्छ। कांग्रेसका तर्फबाट सरकारमा नेतृत्व गर्ने प्रकाशमान सिंहजीलाई हामीले भनेका छौँ, उहाँले प्रधानमन्त्रीसमक्ष कुरा गर्नुहुन्छ।’

त्यस्तै नेताहरूबीच संविधान संशोधन र गठबन्धनलाई बलियो बनाउने विषयमा छलफल भएको उनले बताए।

प्रकाशित मिति : २०८२ साउन ५ गते सोमवार
प्रतिक्रिया दिनुहोस