२०८३ भाद्र २८ गते आइतवार | 2026 September 13th Sunday

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले छोडिन रास्वपा

काठमाडौ ,२९ भदौ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ र पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले पार्टीबाट राजीनामा दिएकी छन्।

उनले यसअघि फेसबुक लाइभमार्फत प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा बन्ने सरकारमा सहभागी नहुने स्पष्ट पारिसकेकी थिइन्।

सुमना श्रेष्ठले आफ्नो निर्णयको कारणबारे विस्तृत जानकारी भने सार्वजनिक गरेकी छैनन्।

उनले भनेकी छिन्, “अब अवसर पाइसकेकाहरू अभिभावक बनेर नयाँ पुस्तालाई बाटो देखाउन तर्फ लाग्नेछु।”

प्रकाशित मिति : २०८२ भाद्र २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस