जेनजी आन्दोलनका नाममा आगजनि र तोडफोड र लुटपाटमा संलग्न सबैलाई पदबाट राजीनामा दिन अध्यक्ष घर्तिको आग्रह
दाङ तरुण दलका विभिन्न पदमा रहनु हुने साथिहरुलाइ जानकारी गराउदछु की भदौ २४ गतेको आगजनी, तोडफोड, लुटपाट र आपराधीक गतिविधिमा संम्लग्न सहभागी साथिहरुले आफै राजिनामा दिएर सहयोग गरिदिनु हुन अनुरोध छ ।
कार्बाहि गर्नको लागी बाध्य नपारियोस ।’
दाङ । नेपालि कांग्रेस निकट तरुण दल दाङका अध्यक्ष टिका घर्तिले जेनजिको आन्दोलनकाक्रममा दाङमा आगजनि र तोडफोड गर्ने आफ्ना सदस्य सबैलाई पदबाट राजिनामा गर्न आग्रह गरेका छन ।
सार्बजनिक तथा निजि सम्पत्ति तोडफोड गर्ने संगठनको निति नै नरहेको बेला जेनजिको आन्दोलनमा घुसपैठ गरेर आपराधिक गतिबिधि गर्ने सदस्यहरुलाई तुरुन्तै कारबाही गर्ने उनले चेतावनि दिएका छन ।
उनले सामाजिक संजाल मार्फत लेखेका छन-‘दाङ तरुण दलका विभिन्न पदमा रहनु हुने साथिहरुलाइ जानकारी गराउदछु की भदौ २४ गतेको आगजनी, तोडफोड, लुटपाट र आपराधीक गतिविधिमा संम्लग्न सहभागी साथिहरुले आफै राजिनामा दिएर सहयोग गरिदिनु हुन अनुरोध छ ।
कार्बाहि गर्नको लागी बाध्य नपारियोस ।’