२०८३ भाद्र २८ गते आइतवार | 2026 September 13th Sunday

जेनजी युवाह र एमाले कार्यकर्ताबीच झडप भएपछि सिमरा विमानस्थलका सबै उडान रद्द

काठमाडौ, ३ मंसिर ।

सिमरा विमानस्थलमा बुधबारका सबै उडान रद्द भएका छन्। बिहानैदेखि विमानस्थल क्षेत्रमा जेनजी युवाहरू र एमाले कार्यकर्ताबीच झडप भएको कारण वातावरण तनावग्रस्त बनेपछि उडान स्थगित गरिएको बुद्ध एयरलाइन्सले जनाएको छ।

बुद्ध एयरले काठमाडौं–सिमरा रुटमा दैनिक पाँच उडान भर्दै आएकोमा बुधबार बिहान ९ बजे भएको एक उडान बाहेक बाँकी चार उडान रद्द गरिएको कम्पनीले जानकारी दिएको छ।

विमानस्थलमा भएको झडपपछि सुरक्षा जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय बाराले विमानस्थल आसपासका क्षेत्रमा बेलुकी ८ बजेसम्म कर्फ्यू आदेश जारी गरेको छ।

प्रकाशित मिति : २०८२ मङ्सिर ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस