दाङबाट बाल विवाह मुक्त अभियानको औपचारिक सुरुआत
JRC International को पहलमा विश्वका १०० देशमा चलाइने १०० दिने बालविवाहविरुद्धको अभियान अन्तर्गत नेपालमा पनि राष्ट्रिय स्तरमै अभियान सुरु गरिएको छ।
उक्त निर्णय अनुसार जस्ट राइट्स फर चिल्ड्रेन र बेस (BASE) संस्थाले संयुक्त रूपमा दाङको तुलसीपुर स्थित बिपीचोकमा सडक नाटक तथा दीप प्रज्वलन गर्दै “बाल विवाह मुक्त नेपाल : १०० दिने राष्ट्रिय अभियानको औपचारिक सुरुआत गरेका छन्।

कार्यक्रममा सहभागीहरूले बालविवाहका कारण देखिने सामाजिक, शैक्षिक र स्वास्थ्य समस्याबारे जनचेतना फैलाउने उद्देश्यले सडक नाटक तथा दिपप्रज्वलन गरिएको बतायका थिए ।
कार्यक्रममा बोल्दै बेस संस्थाका कार्यकारी निर्देशक चुर्ण चौधरीले दीप प्रज्वलन तथा सडक नाटकमार्फत समाजलाई बालविवाह अन्त्यतर्फ उज्यालो र सकारात्मक परिवर्तनको सन्देश दिएको बताउनुभयो।

उहाँले नेपालमा वाल विवाह उच्च रहेको बताउदै बाल विबाहबाट हुने मानसिक, सामाजिक र आर्थिक समस्यालाई न्युनिकरण गर्न बाल बिवाह अत्यका लागि एउटा अभियानको सुरुवात गिरिएको बताउनुभयो ।
चौधरीले बालविवाह नेपाली समाजकै एक गंभीर समस्या भएकाले १०० दिने अभियानले सबै तहका सरकार र समुदायलाई थप उत्तरदायी बन्न प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो ।

अभियानअन्तर्गत १०० दिनसम्म विद्यालय, समुदाय, स्थानीय तह तथा युवाहरूसँग समन्वय गर्दै चेतनामूलक कार्यक्रम, छलफल, परामर्श तथा सार्वजनिक अभियानहरू देशभर सञ्चालन गरिने भएपनी बेस संस्थाको अगुवाईमा लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा संचालन गरिने बेस संस्थाकी कार्यक्रम निर्देशक पिङ्की डागीले जानकारी दिनुभयो ।
लुम्बिनी प्रदेशमा ४५ प्रतिशत वाल विबाहको तथ्याङ्क रहेको त्यसमा वालवालिकाहरु आफ्नै स्वईच्छाले विबाह गरिरहेको डाँगीले बताउनु भयो ।
नेपाल सरकारले कानुनी रुपमै वाल विबाह अन्त्य गर्न खोजे पनी अत्य हुन नसकेको बताउदै उहाँले वाल विबाह गरेको सुचना प्राप्त नहुने र जनचेतनाको कमीका कारण नेपालमा यस्तो समस्या रहेको बताउनुभयो ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सुरक्षा निकाय, विद्यालयका प्रतिनिधि, पत्रकार, सामाजिक अगुवा तथा सर्वसाधारण नागरिकहरूको उल्लेख्य सहभागिता थियो। सहभागीहरूले “बालविवाहमुक्त नेपाल हाम्रो प्रतिवद्धता” लेखिएको प्लेकार्ड बोकेर अभियानप्रति ऐक्यबद्धता जनाएका थिए ।