२०८३ साउन १२ गते मङ्गलवार | 2026 July 28th Tuesday

स्वकीय कायम रहने प्रस्ताव लैजान कानुनमन्त्रीलाई एमाले सांसदको आग्रह

काठमाडौं, ६ पुस ।

नेकपा एमालेकी सांसद (राष्ट्रिय सभा सदस्य) सुमित्रा बिसीले सांसदहरूका स्वकीय सचिवको पद खारेज गर्ने निर्णयमा पुनर्विचार गर्न सरकारलाई आग्रह गरेकी छन् ।

राष्ट्रिय सभा अन्तरगतको विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको संयुक्त बैठकमा बोल्दै उनले यस्तो आग्रह गरेकी हुन ।

बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री अनिल सिन्हा, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव पाराश्वर ढुङ्गाना लगायत उपस्थित थिए।

प्रकाशित मिति : २०८२ पुष ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस