मिराज ढुंगाना नेतृत्वको प्रदर्शनमा निकोलस भुसालसहित केही व्यक्ति पक्राउ
काठमाडौँ, ७ पुस ।
मिराज ढुंगानाको नेतृत्वमा माइतीघर मण्डलामा भइरहेको जेनजी समूहको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।
प्रदर्शनका क्रममा निकोलस भुसालसहित केही व्यक्तिलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
काठमाडौं प्रशासनले माइतीघर क्षेत्रमा प्रदर्शन गर्न अनुमति नदिए पनि जेनजी समूहले सो निर्णयको अवज्ञा गर्दै प्रदर्शन गरेपछि हस्तक्षेप गर्नुपरेको प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार अनुमति नलिइएको स्थानमा प्रदर्शन नगर्न बारम्बार माइकिङमार्फत सूचना दिइएको थियो ।
त्यसलाई बेवास्ता गर्दै प्रदर्शन जारी राखिएपछि बाध्य भएर हस्तक्षेप गरिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८२ पुष ७ गते सोमवार