२०८३ भाद्र २७ गते शनिवार | 2026 September 12th Saturday

कक्षा १२ को परीक्षा फाराम खुल्यो

काठमाडौँ, ८ पुस।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा फाराम खुलाएको छ। बोर्डले २०८३ सालमा सञ्चालन हुने वार्षिक परीक्षाका लागि परीक्षा फाराम खुला गरेको हो।

२०८३ को वार्षिक परीक्षाका लागि नियमित तथा आंशिकतर्फ (रजिस्ट्रेसन नम्बरका सुरुका दुई अंक ७९९ अन्तिमपटक) ८० र ८१ भएका परीक्षार्थीहरूका लागि मात्र फाराम खुलाइएको बोर्डले जनाएको छ।

परीक्षासम्बन्धी वार्षिक कार्यतालिकाअनुसार पुस मसान्तभित्र परीक्षा शुल्क बुझाइसक्नुपर्नेछ। सो अवधिमा फाराम भर्न छुटेका विद्यार्थीहरूले विलम्ब शुल्कसहित माघ १५ गतेसम्म फाराम भर्न सक्नेछन्।

त्यस्तै, बोर्डले परीक्षा शुल्क बुझाएको प्रमाणसहित विद्यार्थीहरूको फाराम माघ २५ गतेसम्म अनिवार्य रूपमा बुझाइसक्न विद्यालयहरूलाई निर्देशन दिएको छ।

प्रकाशित मिति : २०८२ पुष ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस