२०८३ साउन १२ गते मङ्गलवार | 2026 July 28th Tuesday

संस्थापन र विशेष महाधिवेशन पक्षधरको वार्तामा जुटेन सहमति

काठमाडौँ ।

कांग्रेसको विशेष महाधिवेशन पक्षधर र संस्थापन पक्षबिचको पहिलो चरणको वार्ता सकिएको छ । पहिलो चरणमा दुवै पक्षले आआफ्ना कुरा राखेपनि कुनै सहमति नभई वार्ता सकिएको विशेष महाधिवेशन पक्षधरबाट वार्तामा खटिएका मधु आचार्यले जानकारी दिए ।

‘पहिलो चरणको वार्तामा कुनै सहमति जुट्न सकेन’, आचार्यले भने, ‘दुवै पक्षले आआफ्ना प्रस्ताव राखेका छौ तर सहमति भएन ।’आचार्यका अनुसार दोस्रो चरणको वार्तामा बस्ने नबस्ने भन्ने नेताहरूसँग कुरा गरेपछि टुंगो लाग्नेछ ।

विशेष महाधिवेशन पक्षधरबाट वार्तामा केन्द्रीय सदस्यद्वय प्रदीप पौडेल र मधु आचार्य तथा नेता गुरुराज घिमिरे र देवराज चालिसे बसेका थिए ।

संस्थापन र शेखर कोइरालाका तर्फबाट बालकृष्ण खाण, रमेश लेखक, सहमहामन्त्री जीवन परियार र नेता डाक्टर मिनेन्द्र रिजाल वार्ता समितिमा बसेका थिए । वार्तामा विशेष पक्षमधरले अस्वाभाविक माग राख्दा निकास भेट्न कठिन भएको संस्थापन पक्षधरले बताएको छ । साभारः रातोपाटी

प्रकाशित मिति : २०८२ पुष २९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस