राष्ट्रपति पौडेल जापानको औपचारिक भ्रमण सकेर आज फर्कदै
काठमाण्डौं ।
राष्ट्रपति रामचन्द्र पौडेल जापानको चारदिने औपचारिक भ्रमण सकेर आज नेपाल फर्कन लाग्नुभएको छ ।
जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल नेपाल र जापान बीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औं वर्षगाँठका अवसरमा जापानमा आयोजना भएको विशेष समारोहमा सहभागी हुन सोमबार जापान जानुभएको थियो ।
जापान भ्रमणका क्रममा राष्ट्रपति पौडेलले टोकियोमा जापान सरकारले अयोजना गरेको नेपाल–जापान कूटनीतिक सम्बन्धको ७० औँ वार्षिकोत्सव विशेष स्वागत समारोहमा सहभागी हुनुभएको थियो । उहाँले सो समारोहलाई सम्बोधन समेत गर्नुभएको थियो ।
प्रकाशित मिति : २०८२ माघ २१ गते बुधवार