पूर्वप्रधानमन्त्री भट्टराई बुधबार भारत जाँदै
काठमाडौं, २६ फागुन ।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई बुधबार भारत जान लाग्नुभएको छ ।
नयाँदिल्लीमा हुने ‘एनएक्सटी २०२६’ ग्लोबल समिटमा सहभागी उहाँ भारत जान लागेको सचिवालयले जनाएको छ ।
नयाँदिल्लीस्थित भारत मण्डपमा यही मार्चा १२, १३ र १४ मा समिट हुँदैछ । उक्त समिटमा ‘गेस्ट अफ अनर’ को रुपमा भट्टराई सहभागी हुनको लागि भारत जान लाग्नुभएको हो ।
समिटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि सहभागी हुने कार्यक्रम छ ।
भट्टराई मार्च १४ मा स्वदेश फर्क तालिका रहेको उहाँको सचिवालयले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०८२ फाल्गुन २६ गते मङ्गलवार