चैत १३ गते बालेनले प्रधानमन्त्री पदको शपथ ग्रहण गर्ने तयारी
काठमाडौं ।
चैत १३ गते रास्वपा बरिष्ठ नेता बालेन शाहले प्रधानमन्त्री पदको शपथ ग्रहण गर्ने तयारी भएको छ ।
रास्वपाको विधान संशोधन नगरेरै बालेनलाई संसदीय दलको नेता चयन गर्ने तयारी गरिएको छ ।
बालेनलाई प्रधानमन्त्री बनाउने गरी राजनीतिक निर्णय भएको र संसदीय दलको नेता चयनका लागि विधान संशोधन गर्न आवश्यक नभएको जिकिर रास्वपा निकट स्रोतले जानकारी दिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नयाँ मन्त्रिपरिषद गठनको गृहकार्य पनि थालेको छ । यस क्रममा १८ सदस्यीय मन्त्रिपरिषद गठनको प्रयास भइरहेको सो पार्टीका नेताहरुले बताएका छन् ।
रास्वपाले १८ सदस्यीय मन्त्रिपरिषद गठनको प्रयास गरिरहेको जानकारी प्राप्त भएको छ ।
केही मन्त्रालय गाभ्ने कि मन्त्रीहरुलाई दोहोरो जिम्मेवारी दिने भन्ने विषयमा रास्वपा भित्र छलफल चलिरहेको छ ।
प्रकाशित मिति : २०८२ चैत्र ६ गते शुक्रवार