सुन र चाँदीको मूल्यमा वृद्धि
दाङ, ११ चैत ।
नेपाली बजारमा सुन र चाँदीको मूल्यमा बुधबार उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला १४ हजार ६ सय रुपैयाँले बढेर २ लाख ८८ हजार ५ सय रुपैयाँ कायम भएको छ।
मंगलबार सुन प्रतितोला २ लाख ७३ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ।
मंगलबार प्रतितोला ४ हजार ५ सय ५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार ४ सय १५ रुपैयाँले बढेर ४ हजार ९ सय २० रुपैयाँ पुगेको महासंघले जनाएको छ।
प्रकाशित मिति : २०८२ चैत्र ११ गते बुधवार
