२०८३ कार्तिक ११ गते मङ्गलवार | 2026 October 27th Tuesday

प्रदेश सरकारले रोजगारीलाई प्राथमिकता दियको छ: मुख्यमन्त्री चौधरी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले प्रदेश सरकारले रोजगारीलाई पहिलो प्राथमिकतामा राखेको बताउनु भएको छ ।

नेपाली काँग्रेस बर्दिया क्षेत्र नम्बर २ (ख) ले आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।

प्रदेशलाई आर्थिक रुपमा बलियो बनाउन सबै नागरिकलाई समेट्ने गरि उत्पादन मुलक क्षेत्रमा प्रदेश सरकारले बढि लगानी गर्ने उहाँले बताउनु भयो ।

त्यस्तै उहाँले प्रदेशको विकासका लागी सबै एकजुट भयर काम गर्नुपर्ने बताउनुभयो ।

स्थानीय स्तरका समस्याहरु पहिचान गरि समाधानको लागि प्रदेश सरकार सधै सकारात्मक रहेको भन्दै प्रदेशका जनताको आर्थिक अवस्था सुधार्नको लागि स्थानिय उत्पादनको ब्रान्डिङ तथा बजारिकरण गर्ने तयारीमा प्रदेश सरकार रहेको मुख्यमन्त्री चौधरीले बताउनुभयो।

बर्दिया क्षेत्र नम्बर २ ख का क्षेत्रिय सभापति धर्म प्रकाश चौधरीको सभापतित्वमा भएको कार्यक्रमको सहजिकरण रामनाथ शर्माले गर्नु भएको थियो ।

प्रकाशित मिति : २०८० साउन २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस