नेपाली कांग्रेसका उद्धव थापा कोशीको मुख्यमन्त्रीमा नियुक्त
काठमाडौँ । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका उद्धव थापा नियुक्त भएका छन् ।
प्रदेश प्रमुख परशुराम खापुङले मंगलबार नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता थापालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
कोशीमा गठबन्धनका तर्फबाट कांग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादी ४ र जसपाका १ सांसदको समर्थनमा उद्धव थापाले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।
यस अघि पनि थापाले मुख्यमन्त्री भई सरकार सञ्चालन गरेका थिए।
अदालतले सरकार गठन असंबैधानिक भने पनि पुनः सरकारमा सत्ता गठबन्दनले दावी पेश गरी मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।
जसमा ४७ प्रदेश सभा सदस्यको समर्थन देखिएको छ ।
प्रकाशित मिति : २०८० साउन १७ गते बुधवार
