लोकतान्त्रिक समाजवादी पार्टी दाङको अध्यक्षमा पुन
दाङ – लोकतान्त्रिक समाजवादी पार्टी दाङको अध्यक्षमा पुर्नःगठन गरिएको छ । पार्टीको बिशेष जिल्ला भेला अध्यक्ष पुनको अध्यक्षमा २१ सदस्य जिल्ला कमिटि गठन गरिएको छ ।
पार्टीका केन्द्रीय सदस्य तथा दाङ जिल्ला ईन्चार्ज शोभराज जनैदार र शोभा डाँगीको विशेष उपस्थितीमा विशेष भेला सम्पन्न भएको थियो ।
भेलाले पार्टीको जिल्ला उपाध्यक्षमा समुन्द्र शाह, शेरबहादुर नेपाली सचिवमा महेश चौधरी, सह–सचिवमा पुष्पा केसी, सरु महरा र कोषाध्यक्षमा अनिता खत्री रहनुभएको छ ।
त्यस्तै सदस्यहरुमा किसन गिरी, शिला घिमिरे, प्रतिक्षा वली, सपना गिरी, सरु कार्की, खुस्बु गुप्ता, सपना रोका, ग्रिमा थापा, मनकला सुनार, प्रेमा नेपाली ,दुर्गा बहादुर गरङ्जा मगर, दीपक डाँगी, रविन नेपाली र पुरन गिरी रहनुभएको छ ।
भेलालाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज शोमराज जनैदारले समाजवादी आन्दोनललाई सार्थकतामा पु¥याउन सबै राजनीतिक दलहरुको केन्द्रीकृत भएर लाग्नुपर्ने बताउनुभएको थियो ।
जसले मुलुकलाई स्थायी राजनीतिक मार्गदर्शन केन्द्रीत गर्ने उहाँको भनाई थियो ।
