२०८३ जेष्ठ २१ गते बिहिवार | 2026 June 4th Thursday

लुम्बिनी प्रदेशसभाको तेस्रो अधिवेसनको पहिलो बैठक फागुन १८ गते

दाङ, ९ फागुन । लुम्बिनी प्रदेशसभाको तेस्रो अधिवेसनको पहिलो बैठक फागुन १८ गते दिउँसो ३ बजे बस्ने भएको छ।

नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेश प्रमुख अमिक शेरचनले दोस्रो लुम्बिनी प्रदेशसभाको तेस्रो अधिवेशन आह्वान गरे अनुसार प्रदेशसभाको बैठक बस्न थालेको हो ।

प्रदेश सचिव दुर्लभकुमार पुन मगरले प्रदेशसभा नियमावली २०७९ को नियम ३ को उपनियम १ बमोजिम प्रदेशसभा सदस्यहरुको जानकारीको लागि सूचना प्रकाशित गरिएको बताए ।

प्रकाशित मिति : २०८० फाल्गुन ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस