२०८३ जेष्ठ २१ गते बिहिवार | 2026 June 4th Thursday

एमाले दाङको अध्यक्षमा शंकर पोख्रेलका ज्वाँई

दाङ , ७ जेठ । नेकपा एमाले दाङको नयाँ नेतृत्व सर्वसम्मत चयन गरिएको छ ।

घोराहीस्थित जिल्ला पार्टी कार्यालयमा सोमबार बिहानदेखि जारी अध्यक्ष मण्डलको बैठकले शिबकुमार आचार्य अध्यक्षको नेतृत्वमा १२४ सदस्य नयाँ कार्यसमिति चयन गरेको हो ।

आचार्य एमाले महासचिव शंकर पोख्रेलका बहिनी ज्वाँइ हुन । आचार्यकी श्रीमति मेनका समानुपातिक तर्फ प्रतिनिधिसभा सदस्य हुन ।

जिल्ला उपाध्यक्षमा यसअघिका सचिव मनोहर बुढाथोकी रहेका छन् । सचिवमा तुलसीपुर – १२ का पूर्व अध्यक्ष श्याम डाँगी चयन गरिएका छन् ।

त्यस्तै उपसचिवमा बबइ गाउँपालिकाका पूर्व अध्यक्ष भूवनेश्वर पौडेल र गढवा गाउँपालिकाकी उपाध्यक्ष सीता चौधरी चयन गरिएका छन् । यी बाहेक अन्य सबै सदस्य हुन ।

प्रकाशित मिति : २०८१ जेष्ठ ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस