लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता आचार्यको दाबी पेस
दाङ, ७ साउन । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्यले दाबी पेस गरेका छन्।
एमालेका २९ र काङ्ग्रेसका २७ गरी ५६ जना प्रदेशसभा सदस्यको हस्ताक्षर सहित प्रदेश प्रमुख अमिक शेरचन समक्ष दाबी पेस गरेका हुन् ।
दाबी पत्र बुझदै प्रदेश प्रमुख शेरचनले सबै प्रक्रिया पुर्याएर आयेकाले आजै मुख्यमन्त्री नियुक्त गर्ने बताए । मुख्यमन्त्री बन्न लागेका आचार्य अर्घाखाँची निर्वाचन क्षेत्र १ को १ बाट निर्वाचित हुन्।
आचार्य यसअघि माओवादीका जोखबहादुर महरा नेतृत्वको सरकारमा आर्थिक मामिला तथा योजनामन्त्री थिए ।
प्रकाशित मिति : २०८१ साउन ७ गते सोमवार
