२०८३ साउन १२ गते मङ्गलवार | 2026 July 28th Tuesday

तुलसीपुर खानेपानीमा काँग्रेसको दबदबा – सचिव पद वाहेक अन्यमा प्यानलनै विजय

तुलसीपुर – तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । सोमबार विहान १ बजे अन्तिम मत परिणाम सार्वजनिक भए संगै सचीव पद वाहेक अन्य सवै पदमा नेपाली काङ्ग्रेसको प्यानल विजयी भएको छ । शनिबार भएको निर्वाचनमा जम्मा १० हजार ९ सय १९ जना मतदाता मध्य ७ हजार एक सय ८२ मत खसेको थियो । सार्वजनिक अन्तिम मत परिणाम अनुसार तुलसीपुर खानेपानीको अध्यक्ष पदमा यमकान्त भण्डारीले २९६९ मत प्राप्त गर्दै विजयी हुनुभएको हो । यस्तै उपाध्यक्ष पदमा नारायणप्रसाद शर्माले २७०६ मतको साथ जीत हासिल गर्नुभएको छ । सचिव पदमा भने एमाले–राप्रपा प्यानलका भुवन भुषालले नेपाली काँग्रेसका रञ्जन कुमार गौतमलाई झिनो ३८ मतको अन्तरमा पछि पार्दै सफलता प्राप्त गरेका छन्। साथै, कोषाध्यक्ष पदमा नेपाली काङ्ग्रेसकै उम्मेदवार भोला प्रसाद थापाले ३२६८ मतका साथ सर्वाधिक मत सहित जित हासिल गर्नुभएको छ । यस्तै सदस्यहरुमा पनि नेपाली काङ्ग्रेसकै उम्मेदवारहरु विजयी भएका छन । नेपाली काङ्ग्रेसको यो जित सङ्गै स्थानिय राजनीतिक सन्तुलनमा नेपाली काँग्रेसको प्रभुत्व स्पष्ट हुँदै आगामी विकास र प्रशासनिक निर्णयमा यसको प्रभाव थप महत्वपूर्ण हुने अपेक्षा गरिएको छ। सचीव पदमा झिनो मत अन्तरले पराजित हुनुले कतिपय स्थानीय नेताहरुले काङ्ग्रेस भित्र फेरि घात भएको अनुमान समेत लगायका छन ।

हेर्नुहोस अन्तिम मत परिणाम :

प्रकाशित मिति : २०८१ चैत्र ३ गते सोमवार
प्रतिक्रिया दिनुहोस