२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

राप्ती बबई क्याम्पस स्ववियु निर्वाचन : ७०० मत गणना हुँदा पनि नेविसंघ अगाडि

तुलसीपुर – राप्ती बबई क्याम्पस, तुलसीपुरमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतगणना जारी रहेको छ। हालसम्म ७०० मत गणना हुँदा नेविसंघका उम्मेदवारहरू अग्रस्थानमा देखिएका छन्।

अध्यक्ष पदमा नेविसंघका प्रमोद भण्डारी अगाडि

अध्यक्ष पदका लागि कुल ७०० मत गणना हुँदा नेविसंघका प्रमोद भण्डारी ३३२ मतसहित अग्रस्थानमा छन्। गठबन्धनका लेखमणि खत्री (लक्ष्मण) १८६ मत प्राप्त गर्दै दोस्रो स्थानमा छन्। स्वतन्त्र उम्मेदवार कोमल बहादुर वली (के.बी.) ८५ मतसहित तेस्रो स्थानमा छन् भने कृष्ण केसी (डेबिट) १७ मतमा सीमित भएका छन्।

सचिव पदमा टक्कर

सचिव पदका लागि निकै प्रतिस्पर्धात्मक अवस्था देखिएको छ। नेविसंघका टोप बहादुर वली २८३ मतसहित अग्रस्थानमा छन् भने गठबन्धनकी सोनिया थापा २८० मतसहित निकटतम प्रतिस्पर्धी रहेकी छन्। स्वतन्त्र उम्मेदवार अंकिता डाँगीले २९ मत प्राप्त गरेकी छन्।

कोषाध्यक्षमा पनि नेविसंघ अगाडि

कोषाध्यक्ष पदका उम्मेदवारमध्ये नेविसंघकी शिक्षा नेपाली २९० मतसहित अगाडि छिन्। गठबन्धनका तिलक राज डाँगी २४८ मतसहित दोस्रो स्थानमा छन् भने स्वतन्त्र उम्मेदवार आशिक मियाले ४५ मत प्राप्त गरेका छन्।

चैत ५ गते सम्पन्न मतदानमा क्याम्पसका ३३१४ विद्यार्थीमध्ये १४१७ जनाले मतदान गरेका थिए, जसले गर्दा मतदान प्रतिशत करिब ४१.५% रहेको थियो।

मतगणना जारी रहेको र बाँकी मत गणना पश्चात् आधिकारिक नतिजा सार्वजनिक गरिने निर्वाचन समितिले जनाएको छ। थप अपडेटका लागि प्रतीक्षा गर्नुहोस ।

प्रकाशित मिति : २०८१ चैत्र ५ गते बुधवार
प्रतिक्रिया दिनुहोस