२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

दाङ भ्याली कलेजमा विद्यार्थीलाई अभिमुखीकरण

दाङ, ४ साउन ।

दाङको घोराहीस्थित दाङ भ्याली कलेजमा विद्यार्थीका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

शनिबार कलेजले एक कार्यक्रमको आयोजना गरी कक्षा ११ मा भर्ना भएका विद्यार्थीका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको हो ।

शैक्षिक सत्र २०८२ का लागि कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई विभिन्न विषयमा अभिमुखीकरण दिइएको थियो ।

कक्षा ११ का विभिन्न विषयका समूहमा भर्ना भएका विद्यार्थीका लागि प्रशिक्षण दिइएको थियो । शिक्षा समूहका विद्यार्थीका लागि प्रा.डा. बिन बहादुर सिंह वली, व्यवस्थापन समूहका विद्यार्थीका लागि ईश्वरी प्रसाद घिमिरे र विज्ञान समूहका विद्यार्थीका लागि हुकुम पौडेलले प्रशिक्षण दिएका थिए ।

साथै कलेजको नीतिनियम तथा योजनाका विषयमा कलेजका प्राचार्य बिष्णु बञ्जाडेले जानकारी गराएका थिए । आइतबारदेखि कक्षा ११ को पठनपाठन सुरु हुने पनि प्राचार्य बञ्जाडेले जानकारी दिएका छन् । कार्यक्रममा कक्षा १२ का विद्यार्थीले नृत्यसमेत प्रस्तुत गरेका थिए ।

कलेजका अध्यक्ष बिन बहादुर सिंह वलीको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षक सरीता देवकोटाले स्वागत मन्तव्य राखेकी थिइन् । कार्यक्रमको सहजीकरण शिक्षक आदिम के.सी.ले गरेका थिए ।

प्रकाशित मिति : २०८२ साउन ४ गते आइतवार
प्रतिक्रिया दिनुहोस