२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

निजी विद्यालयलाई अन्त्य गर्ने प्रयास भइरहेको छ: नेसनल प्याब्सन

काठमाडौं, १७ भदौ ।

विद्यालय शिक्षा विधेयकका प्रावधानलाई निजी विद्यालय नियमनका नाममा अन्त्यतर्फ लैजाने प्रयास भएको भन्दै राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन)ले आपत्ति जनाएको छ।

लामो समयपछि आएको विद्यालय शिक्षा ऐन अहिले संसद्मा विधेयकका रूपमा छलफलमा रहेको छ । नेसनल प्याब्सनले सोमबार पत्रकार सम्मेलन गर्दै प्रस्तावित विधेयकमा उल्लेख भएका निजी विद्यालयलाई गैरनाफामूलक बनाउने, पूर्ण छात्रवृत्ति, सामाजिक सुरक्षा कोषलगायतका प्रावधानप्रति असन्तुष्टि जनाएको हो । अन्य निजी विद्यालय संगठनहरूले आन्दोलनको घोषणा गरिरहेका बेला एनप्याब्सन केन्द्रीय समितिले भने माग सार्वजनिक गर्दै विरोध जनाएको छ ।

प्रकाशित मिति : २०८२ भाद्र १७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस