२०८३ साउन १४ गते बिहिवार | 2026 July 30th Thursday

सर्वाजनिक भए प्रचण्ड

काठमाडौँ, ३१ भदौ ।

जेनजी आन्दोलनपछि सैनिक सुरक्षामा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्ड सर्वाजनिक भएका छन् ।

उनी जेनजी आन्दोलका क्रममा जलाइएको पार्टीको मुख्यालय पेरिसडाँडामा भवन अवलोकनल गर्ने क्रममा सार्वजनिक भएका हुन्।

भवनको अवलोकन गर्दै उनले पार्टीको नयाँ भवन बनाउने घोषणासमेत गरेका छन्।

देशभरका कार्यकर्ताको सहयोगमा भव्य भवन बनाउने उनको भनाइ छ ।

भदौ २४ गते जेनजी प्रदर्शनकारीले सिंहदरबारमा आगो लगाउन थालेपछि नेपाली सेनाले प्रचण्डसहितका नेताहरूलाई सुरक्षित स्थानमा पुर्याएको थियो ।

प्रकाशित मिति : २०८२ भाद्र ३१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस