२०८३ साउन १३ गते बुधवार | 2026 July 29th Wednesday

नेपाली कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी खड्कालाई

काठमाडौँ — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन् ।

आजको केन्द्रीय कार्यसमितिको बैठकमा देउवा आफैं उपस्थित भएर उपसभापति खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका हुन् ।

आजको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको अध्यक्षता सभापति देउवाले नै गरेका थिए । त्यस क्रममा उनले खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका हुन् । देउवाले स्वास्थ्यका कारण पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी खड्कालाई दिएको बताएका छन् ।

‘स्वास्थ्यका कारण पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापतिलाई दिएको छु, अब केन्द्रीय कार्यसमितिले तोकिएकै समयभित्रै महाधिवेशनको मिति तोक्ने छ’ देउवाको भनाइ उदृत गर्दै एक केन्द्रीय सदस्यले बताए ।

प्रकाशित मिति : २०८२ असोज २८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस