२०८३ असोज ६ गते मङ्गलवार | 2026 September 22nd Tuesday

बिहीबार सुनको मूल्य २० हजार ५०० ले वृद्धि

काठमाडौं, १५ माघ।

नेपाली बजारमा सुनको मूल्य एकाएक ह्वात्तै बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला २० हजार ५०० रुपैयाँले वृद्धि भएको हो। यससँगै सुनको मूल्य इतिहासकै उच्च विन्दुमा पुगेको छ।

अब उपभोक्ताले एक तोला सुन खरिद गर्न तीन लाख ३९ हजार ३०० रुपैयाँ खर्चिनुपर्ने भएको छ। यसअघि बुधबार सुन प्रतितोला तीन लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको थियो।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ। बिहीबार चाँदीको मूल्य तोलामा २०५ रुपैयाँले बढेर सात हजार ५०५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। अघिल्लो दिन चाँदी प्रतितोला सात हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : २०८२ माघ १५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस