२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक राहदानी

काठमाडौ, २६ फागुन । अर्थमन्त्री रामेश्वर खनालले आफूले प्रयोग गर्दै आएको कूटनीतिक राहदानी (रातो पासपोर्ट) फिर्ता गरेका छन्।

अर्थमन्त्रीका रूपमा प्राप्त कूटनीतिक राहदानीको प्रयोजन समाप्त भएकाले परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभागमा फिर्ता बुझाएको उनले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका हुन्।

खनालले राहदानी फिर्ता गर्दै लेखेको पत्रमा अर्थमन्त्रीको हैसियतमा प्रयोग गर्न उपलब्ध गराइएको कूटनीतिक राहदानीको प्रयोजन समाप्त भएकाले राहदानी विभागमा फिर्ता बुझाइदिन अनुरोध गरिएको उल्लेख छ।

प्रकाशित मिति : २०८२ फाल्गुन २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस